राप्ती आँखा अस्पतालमा ५३ जनाको आँखाको नानी प्रत्यारोपण
उज्यालो साझेदारी कार्यक्रमअन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
लमही आँखा अस्पताललाई थ्रि सिटर सहयोग
एकिकृत आँखा उपचार केन्द्र स्थापना
उज्यालो अभियानमा साझेदारी प्रतिवद्धता
निशुल्क आँखा शिविर कार्यक्रम
आँखामा जनप्रतिनिधिको प्रतिबद्धता :उपचार र सचेतनामा साझेदारी
तुलसीपुर निरन्तर चिकित्सा शिक्षा CME जलविन्दु तथा मोतियाविन्दु सम्बन्धी दुइदिने कार्यशाला गोष्ठि
Patients Centered Approach
Designing the future strategic planning workshop
जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभिुषित
निरीक्षण तथा अवलोकन गर्नुहुदै एनएविपी नर्वेका डाइरेक्टर
उज्यालो अभियानमा जनप्रनिधिहरुको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न
उज्याले अभियान अन्तर्गत गढवा गाँउपालिकाले निशुल्क मोतियाविन्दुको शल्यक्रिया
नेपाल नेत्रज्योति संघ दाङ शाखा सदस्यहरु
आँखा स्वास्थ्य कार्यक्रम एनएविपी नर्वे जिल्ला स्तरीय परियोजना सल्लाहकार समिती वैठक
शहरी विकास मन्त्री माननीय मेटमणी चौधरी संग नेपाल नेत्रज्योति संघ
नेपाल - नर्वे NGO सम्मेलन United Mission Nepal Office
निशुल्क मोतियाविन्दुको शल्यक्रिया
-
-
राप्ती आँखा अस्पतालमा ५३ जनाको आँखाको नानी प्रत्यारोपण
बालाराम खड्का तुलसीपुर, १२ साउन । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा प्रभावकारी हुदै गएको छ । अस्पतालमा आँखाको नानी प्रत्यारोपणका लागि आउनेहरुको संख्या पनि पछिल्लो समयमा बढदै गएको छ । अस्पतालले सुरु गरेको आँखाको नानी प्रत्यारोपण सेवा अन्तर्गत हाल सम्म ५३, जनाले आँखाको नानी प्रत्यारोपण गरेको राप्ती आँखा अस्पतालकी कर्निया स्पेसीयालिष्ट ९नानी रोग० बिशेषज्ञ डा ज्योती साप्कोटा जानकारी दिइन् । करिव डेढ बर्षको अन्तरालमा सो संख्यामा आँखाको नानी फेरेका हुन् । राप्ती आँखा अस्पतालमा सवै भन्दा बढी ४४ जनाले आँखाको नानी प्रत्यारोपण गरेका छन् भने छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा ९ जनाले आँखा नानी प्रत्यारोपण गरेको डा। सापकोटाको भनाई छ । अस्पतालले वि।स।२०७८ साल माघमा पहिलो पटक बाँकेको राप्ती सुनारी –१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको थियो । आँखाको नानीमा फुलो परेको र औषधीले हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको थियो । ‘आँखाको नानी प्रत्यारोपण विभिन्न कारणले गर्ने गरिन्छ कुनैको आँखा बचाउनका लागि कुनै दृष्टि फार्काउन’ –डाक्टर सापकोटाले भनिन् । -
उज्यालो साझेदारी कार्यक्रमअन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
तुलसीपुर : उज्यालो अभियान कार्यक्रमअन्तर्गत करिब १९ सय जनाले दृष्टि पाएका छन्। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग आर्थिक वर्ष ०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि दृष्टि प्रदान गरिएको हो। -
लमही आँखा अस्पताललाई थ्रि सिटर सहयोग
माछापुच्छ्रे बैक शाखा कार्यालय लमहीले लमही आँखा अस्पताललाई थ्रि सिटर सहयोग गरेको छ । बैकले सामाजिक उत्तदायित्य कार्यक्रम अन्र्तगत शुक्रबार लमहीमा एक औपचारीक कार्यक्रमका बिच हस्तान्त्रण गरेको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका निवर्तमान संयोजक घनश्याम सुबेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघ लुम्विनी प्रदेशका कोषाध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्सेर थापाले बैकले आँखा स्वास्थ्य सेवामा आउने सबैबिरामीलाई सहयोग गरेकोमा बैकलाई धन्यबाद दिदै सहयोग र सम्बन्धको निरन्तरताको अपिल गर्नुभयो । उहाँले बैंकले गरेको सहयोग प्रति खुसी ब्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि माछापुछ्रे बैंक लमही शाखाका प्रवन्धक दिनेश बोहोराले आफुहरुले बिगत देखि नै समाजिक सेवाका लागी काम गर्दे आएकोले आँखा जस्तो सम्बेदनशिल अस्पतालमा आउने बिरामीको लागी बसाईमा प्रयोग होस भनेर सानो सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताउनुभयो । कार्यक्रमको संचालन लमही आँखा अस्पतालका कार्यालय सहायक टेक बहादुर चौधरीले गरेका थिए । कार्यक्रममा नेपाल नेत्रज्योति संघका सदस्य केपी घिमीरे, लमही आँखा अस्पतालका नेत्रविशेषज्ञ डा सुदिपलाल राजभण्डारी लगायतको सहभागीता रहेको थियो । -
एकिकृत आँखा उपचार केन्द्र स्थापना
गढवा गाउँपालिका वडा नं. ३ मा एकिकृत आँखा उपचार केन्द्र स्थापनाका लागि गढवा गाउँपालिका समक्ष प्रस्तावना पेश गरिएको छ । नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पतालले एकिकृत आँखा उपचार केन्द्र स्थापनाका लागि पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल समक्ष नेपाल नेत्रज्योति संघ दाङका जिल्ला सदस्य घनस्याम सुवेदी र प्रमुख प्रशासक सम्शेर थापाले भेटगरि प्रस्तावना पेश गर्नुभएकाे हाे । -
उज्यालो अभियानमा साझेदारी प्रतिवद्धता
सल्यान, जेष्ठ २४ सल्यान जिल्लाका जनताहरुलाई सहज र सुल्भ आँखा स्वास्थ्य सेवा दिन आफुहरु कटिवद्ध भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । शारदा नगरपालिकाका जनप्रतिनिधिहरुले सल्यान श्रीनगरमा रहेको आँखा उपचार केन्द्रलाई स्त्तोन्नती गरि जिल्ला आँखा अस्पतालको रुपमा विकास गर्न पहल गर्ने बताए । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ छलफल कार्यक्रम सहागीहरुले सो कुरा बताएका हुन् । -
आँखामा जनप्रतिनिधिको प्रतिबद्धता :उपचार र सचेतनामा साझेदारी
मे २२ २०२३ । आँखा स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरी दृष्टिविहीनतालाई न्यूनिकरण गर्न आँखाको उपचारात्मक, पुनःस्थापना र सचेतना कार्यक्रममा साझेदारी आवश्यक रहेको सहभागीहरूले बताएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत् सञ्चालित राप्ती आँखा अस्पतालको आयोजनामा तुलसीपुरमा भएको छलफलमा जनप्रतिनिधिहरूले सो कुरा बताएका हुन् । उनीहरूले नेपाल नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नारा सहितको कार्यक्रमलाई अगाडि बढाई दृष्टिविहीनतालाई न्यूनिकरण गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘उज्यालो अभियान कार्यक्रम’ अन्तर्गत् निःशुल्क आँखा उपचार सेवाको लागि साझेदारी कार्यक्रम सञ्चालन गर्ने, अस्पताललाई अति आवश्यक उपकरण व्यवस्थापनमा सहयोग र उपचारबाट निको नहुने न्यूनदृष्टि तथा दृष्टिविहीनहरूको पुनःस्थापना कार्यक्रममा साझेदारी गरी आर्थिक वर्ष २०८०÷०८१ मा दृष्टिविहीनता न्यूनिकरणको लागि साझेदारी कार्यक्रमको योजनाहरू अस्पतालले अगाडि सारेको कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले बताए । थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷०८६ को विषयमा सहभागीलाई प्रकाश पारेका थिए ।नेपाल, लुम्बिनि प्रदेश र जिल्लाको बंगलाचुली, बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका, तुलसीपुर र घोराही उपमहानगरपालिकाको दृष्टिविहीनताको अवस्थाको बारेमा जानकारी गराएका थिए । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता, समन्वय समितिका उपप्रमुख चेतना चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शर्माले नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापनाकालदेखि नै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवम् बाह्य सहयोगको माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवा गर्दै आइरहेको बताए । उनले नेपाल नेत्रज्योति संघ दाङले तीनवटै आँखा अस्पतालहरू र उपचार केन्द्रहरू सञ्चालन गरी लुम्बिनी प्रदेशअन्तर्गत्को जिल्लाहरूका साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्म कार्यक्रम सञ्चालन गरेको बताए । ‘आँखाका विशिष्टिकृत सेवाहरू सम्पूर्ण उपचार सेवा प्रदान गरी घरआँगनमै जनतालाई सर्वशुलभ सेवा अस्पतालले दिएको छ’, उनले भने । शर्माले सबै पालिकाहरूको सहकार्यले मात्र अन्धोपन न्यूनिकरण गर्न सकिने भन्दै सहयोग गर्न आग्रह गरे । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालमा मित्रराष्ट्र भारतका जनताले पनि सेवा लिइरहेको भन्दै यो सबै दङालिबासीको गौरवको कुरा भएको सुनाए । ‘यसले गर्दा दाङको यो गहनाको रूपमा रहेको अस्पतालको विकासमा हामी सबै लाग्नुपर्छ । सहयोग सबैको भयो भने हामी पक्कै पनि सबै सेवा यहीँ पाउनेछौँ’, शर्माले भने । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्यबिना कुनै पनि विकास सम्भव नरहेको भन्दै आँखा झनै संवेदनशील रहेको बताए । उनले ग्रामीण क्षेत्रका भन्दा सहरी क्षेत्रका नागरिक सबैभन्दा बढी समस्यामा रहेको भन्दै अब आँखामा आइरहेको समस्यालाई परीक्षण गरी स्थानीय पालिकाले विशेष अभियान चलाउनुपर्ने बताए । ‘पछिल्लो तथ्याङ्क हेर्दा सहर–बजारमा बस्ने नागरिकमा आँखाको समस्या धेरै देखिएको छ, के–कति कारणले उनीहरूमा यस्तो समस्या देखिएको हो भनी परीक्षण गरी प्रदूषण कम गर्ने अभियानमा जुट्ने छौँ’, उनले भने । चौधरीले राप्ती आँखा अस्पतालसँग गरिएको उज्यालो अभियान साझेदारी कार्यक्रमअन्तर्गत् यस आर्थिक वर्षमा घोराहीका १ सय ६३ जनाले निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो दिएको भन्दै आगामी दिनमा पनि सेवा दिने बताए । ‘कमजोर र गरिबवर्गका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षमा पनि आवश्यक बजेट विनियोजन गर्ने छौँ, यो हाम्रो प्रतिबद्धता हो’, उनले भने । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले साझेदारी कार्यक्रमअन्तर्गत आफूहरूले कार्यक्रम सञ्चालन गरिहेको बताए । उनले विपन्न परिवारका व्यक्तिहरू अझै पनि आँखा उपचारको पहुँचमा आउन नसकेको भन्दै उनीहरूलाई उपचारको पहुँचमा ल्याउन आँखा स्वास्थ्य कार्यक्रमलाई गाँउ–गाँउसम्म पु¥याउनुपर्ने बताए । ‘हामीले गर्नसक्ने सहयोग र साझेदारी कार्यक्रममार्फत् अन्धोपन न्यूनिकरणमा सहयोग र साथ छ’, उनले भने । उनले कोही पनि आँखा उपचारबाट वञ्चित नहुने गरे सेवा दिनका लागि आफूहरू तयार रहेको बताए । कार्यक्रममा संघका सभापति गिरीले राप्ती तथा बहादुरगञ्जको कार्यक्रमलाई सन् २०३० ९वि।स २०८७० सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै मेसिन औजार खरिद तथा भौतिक निर्माणका लागि साझेदारी हुँदै आएको बताए । उनले राप्ती आँखा अस्पताल ट्रर्सरी लेवलबाट सेण्टर एक्सलेन्टमा स्तरोन्नति गर्ने, छन्द ९कालेबाबु० आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेवलमा स्तरोन्नति गर्ने, दृष्टिविहीन पुनःस्थापना कार्यक्रमलाई सुदृढ गर्ने र आँखा अस्पतालमा ४ वटा विशिष्टिकृत सेवाहरू आँखाको पर्दा, आँखाको नानी, अकुलोप्लाष्टिक र बालआँखा रोगसम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरेको भन्दै थप सेवा विस्तार गर्ने बताए । ‘हामीले स्थानीय, प्रदेश सररकार स्थानीय दाताहरूसँगको साझेदारीमा केही कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ, थप साथ र सहयोग आवश्यक छ’, उनले भने । एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिका अध्यक्ष कूलबहादुर खत्री, शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमाकुमारी बुढाथोकी, घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य सहसंयोजक बिमल केसी, शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनलगायतले आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
-
तुलसीपुर निरन्तर चिकित्सा शिक्षा CME जलविन्दु तथा मोतियाविन्दु सम्बन्धी दुइदिने कार्यशाला गोष्ठि
डिसेम्बर २ २०२२ नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल, एकएक पाइला, ग्लकोमा सोसाइटी अफ नेपालको आयोजना तथा नेशनल हेल्थ केयरको सहयोगमा तुलसीपुर निरन्तर चिकित्सा शिक्षा CME जलविन्दु तथा मोतियाविन्दु सम्बन्धी दुइदिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । जलविन्दु तथा मोतियाविन्दुको उपचार तथा शल्यक्रिया कसरी सहज रुपमा गर्न सकिन्छ र आउने जटिलताहरुको वारेमा जानकारी गराइएको थियो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य अस्पताल व्यववस्थापन समितीक अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रा.डा.सुमन समशेर थापा, संघका सचिव सुरेन्द्र वहादुर खड्का, सहसचिव चिरन्जीवी रिजाल, राप्ती आँखा अस्पतालका मेसु सन्तोष सुवेदी,राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु ओम अर्याल लगाएतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण एकाडमिक चिफ डा.सुरेश रसाइलीले गर्नुभएको थियो । -
Patients Centered Approach
अगस्ट ११ २०२२ नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्ज अन्र्तगत संचालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल वहादुरगञ्ज, लमही आखा अस्पता, राप्ती आखा अस्पतालको आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० को लक्ष्य तथा प्रगति र Patients Centered Approach रणनीति कार्ययोजना विषयक छलफल कार्यक्रम तथा विभागीय प्रमुखहरुले प्रगती विवरण पेश गर्नुृभएको थियो ।
-
Designing the future strategic planning workshop
अगस्ट १७ २०२२ नेपाल नेत्रज्योति संघको आयोजनामा Eye and Ear Health Program Policy dialogue proposed national eye health strategy मा आफ्ना भनाइहरु राख्नु हुदै नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्जको प्रमुख प्रशासक समशेर थापा नेपाल नेत्रज्योति संघको आयोजनामा Designing the future strategic planning workshop २०२२ कार्यक्रम सम्पन्न ।
-
जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभिुषित
अप्रिल १५ २०२२ नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य दाङ शाखा सभापती आँखा अस्पताल व्यवस्थापन समिती अध्यक्ष कृष्णुकार गिरी नेपाल राष्ट्रको गौरव एवँ नेपाली जनताको हित अभिवृद्धिमा उहाँको उल्लेखनीय योगदानको मुल्याङन गर्दै सम्मानस्वरुप प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्धारा विभिुषित हुनु भएको छ । सम्मानीय राष्ट्रपति विद्यादेवि भण्डारीबाट २०७८ सालको सविधान दिवस राष्ट्रिय दिवसको दिन विभुषण प्रदान गर्ने घोषणा भए बमोजिम गिरीलाइ राष्ट्रपती कार्यालयमा आयोजित एक कार्यक्रम विच राष्ट्रपतिज्युले विभुषण प्रदान गर्नुभएको हो ।
-
निरीक्षण तथा अवलोकन गर्नुहुदै एनएविपी नर्वेका डाइरेक्टर
मे १२ २०२२
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको निरीक्षण तथा अवलोकन गर्नुहुदै एनएविपी नर्वेका डाइरेक्टर एरी तथा प्रोजेक्टर म्यानेजर सुरेखा गुरुङ, संघका सभापती कृष्णकुमार गिरी,मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, एकाडमिक चिफ डा. सुरेश रसाइली लगाएतको टोली । -
उज्यालो अभियानमा जनप्रनिधिहरुको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न
जुन १९ २०२२
राप्ती आँखा अस्पतालको आयोजना एनएविपी नर्वेको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकामा र घोराही उपमहानगरपालिकामा आँखा स्वास्थ्य शिक्षा र उज्यालो अभियानमा जनप्रनिधिहरुको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । संघका सभापती कृष्णकुमार गिरीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्य एवं उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले संघद्धारा संचालित आँखा अस्पतालले सर्वसुलभ र गुणस्तरीय सेवा दिएका बताएका थिए । उनीहरुले राप्ती आँखा अस्पतालसंग साझेदारी कार्यक्रम संचालन गरी अन्धोपन न्युनीकरणका साथै अस्पताललाइ नमुना बनाउने प्रतिवद्धता जनाएका थिए । छलफल कार्यक्रममा प्रमुख प्रसाशक सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, दातृ निकायको बारेमा सहभागीहरुलाइ संक्षिप्तमा जानकारी गराउँदै आँखा स्वास्थ्य सेवा दृष्टिविहिनताको अवस्था र स्वास्थ्यको हक र राष्ट्रिय स्वास्थ्य नितिको वारेमा प्रकास पार्नु भएको थियो कार्यक्रममा मेयर उपमेयर, वडाअध्यक्ष, कार्यपालका सदस्य वडासद्ययहरुको सहभागीता रहेको थियो । -
उज्याले अभियान अन्तर्गत गढवा गाँउपालिकाले निशुल्क मोतियाविन्दुको शल्यक्रिया
नोबेम्बर १०, २०२२
उज्याले अभियान अन्तर्गत गढवा गाँउपालिकाले निशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागी सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागी गढवा गाँउपालिकाभित्रका मोतियाविन्दु भएका विरामीहरुलाई निशुल्क सेवा दिनका लागी लमही आँखा अस्पताल वीच सम्झौता भइसकेको छ । प्रमुख प्रशासक सम्शेर थापा र गाँउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विच समझौता पत्रमा हस्ताक्षर भएको हो । मोतियाविन्दुका कारण गाँउपालिकाका नागरिकहरु अन्धोपन हुन नपरोस भन्ने र नेपाल सरकारको स्वास्थ्य नितिलाइ समेत सहयोग गर्ने उद्धेश्य यो अभियान थालेको बताउनुभयो । </p -
नेपाल नेत्रज्योति संघ दाङ शाखा सदस्यहरु
नोबेम्बर २७ २०२२
नेपाल नेत्रज्योति संघ दाङ शाखाको नियमित वैठक पछि लिएको तस्विर । </p -
आँखा स्वास्थ्य कार्यक्रम एनएविपी नर्वे जिल्ला स्तरीय परियोजना सल्लाहकार समिती वैठक
नोबेम्बर ७, २०२२
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम एनएविपी नर्वे जिल्ला स्तरीय परियोजना सल्लाहकार समिती वैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती दाङका प्रमुख नित्यान्द शर्माको अध्यक्षतामा वैठक भएको थियो । </p -
शहरी विकास मन्त्री माननीय मेटमणी चौधरी संग नेपाल नेत्रज्योति संघ
डिसेम्बर २०, २०२२
शहरी विकास मन्त्री माननीय मेटमणी चौधरी संग नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा वहादुरगञ्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल, छन्द कालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको भौतिक विकास र दिर्घकालीन योजनाको विषयमा महत्वपुर्ण भेटघाट तथा छलफल । -
नेपाल - नर्वे NGO सम्मेलन United Mission Nepal Office
नोबेम्बर २ , २०२२
नेपाल - नर्वे NGO सम्मेलन United Mission Nepal Office मा । </p -
निशुल्क मोतियाविन्दुको शल्यक्रिया
फेब्रुअरी १८ २०२१
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालका प्राविधिक सहयोगमा वडा नं १४ का १६ जना आँखाका विरामीहरुको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएका विरामीहरुलाइ राप्ती आँखा अस्पतालमा निशुल्क चश्मा तथा औषधी वितरण गदैं नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र बहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल, नेत्र अधिकृत शालिकराम गौतम । </p